ग्यास बिक्रेता महासंघको अध्यक्षमा अर्याल निर्वाचित, थापा र काफ्ले पुनः दोहोरिए

0
gassss

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको अध्यक्षमा ज्ञानेश्वर अर्याल निर्वाचित भएका छन्।

फागुन १५ गते काठमाडौंमा सम्पन्न महासंघको चौथो महाधिवेशनबाट अध्यक्षमा अर्यालसहित वरिष्ठ उपाध्यक्षमा चन्द्र थापा निर्वाचित भएका हुन्।

त्यस्तै महासचिवमा विनोद काफ्ले, सचिवमा लालबहादुर केसी र कोषाध्यक्षमा राजेश दाहाल निर्वाचित भएका हुन्।

अर्याल महासंघका पूर्वअध्यक्ष समेत हुन्। पदाधिकारीमा अधिकांश निवर्तमान कार्यसमितिकै सदस्यहरु दोहोरिएका छन्।

खाना पकाउने ग्यासको बिक्री वितरण सहज बनाउने उद्देश्यले आजभन्दा ७ वर्षअघि महासंघको स्थापना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed