चुनाव हार्ने भएपछि निजामति कर्मचारीको निर्वाचन सारियो:कांग्रेस

0
Nepali-congress_flag

काठमाडौं ।नेपाली कांग्रेसले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकिएकाेप्रति आपत्ति जनाएको छ।

निजामति कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सारेर सरकारले संविधानप्रदत्त मौलिक हक हनन गरेको कांग्रेसले आरोप लगाएको छ। युनियन खोल्ने र सामूहिक सौदाबाजी गर्न पाउने नैसर्गिक अधिकारमा हस्तक्षेप गरेको कांग्रेसको ठहर छ।

आधिकारिक ट्रेड युनियनका लागि असोज २४ को मिति घोषणा गरिएको थियो। मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति मंसिरमा सारेको छ।
आफू अनुकूल परिणाम नआउने भएपछि निर्वाचनको मिति सारिएको आरोप ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईंले विज्ञप्तिमार्फत आरोप अगाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed