ज्योति विकास बैंकले पनि डेढ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?

0
debenture (1)

काठमाडौं । ज्योति विकास बैंकले पनि डेढ अर्बको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो। जसमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ।

बैंकले बिक्री गर्न लागेको १० बर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याजदर पाउने छन्। बैंकको ऋणपत्र वि।सं २०८७ सालमा परिपक्क हुनेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ। धितोपत्र बोर्डबाट अनुमति पाएपछि बैंकले उक्त ऋणपत्र बिक्रीमा ल्याउनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed