नेताहरू आरोप प्रत्यारोपमा उत्रिदा पार्टी एकता धरापमा परेको छ: प्रदीप ज्ञवाली

0
Pradip-g_makalukhabar-scaled

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेकपा नेता प्रदीप ज्ञवालीले पार्टी एकता अप्ठ्यारोमा पुगेको बताउनुभएको छ ।

सोमबार साँझ ट्विट गर्दै नेता ज्ञवालीले एकता अप्ठ्यारोमा पुगेपनि रक्षा गर्न प्रयास पनि जारी रहेको बताउनुभएको हो ।पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयाश पनि जारी छ,उहाँको ट्विटमा लेखिएको छ।

उहाँले पार्टी एकतामा देखिएका संकटका बादलहरू हटेर जाने अपेक्षासमेत व्यक्त गर्नुभएको छ । नेताहरू नीतितग विषयमा भन्दा आरोप प्रत्यारोपमा उत्रिएकाले पार्टी एकता धरापमा परेको उहाँको संकेत छ। उहाँले ट्विटमा लेख्नुभएको छ,’कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, आरोप प्रत्यारोप नगरौँ। एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ। आहानै छ,खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ,’
पछिल्लो समय नेकपाका अध्यक्षद्वयहरू पत्रयुद्धमा लागेपछि नेकपाको विवाद चर्किएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed