नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ : प्रधानमन्त्री देउवा

0
_119381143_sherbahadurdeuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात पुग्ने वा रणनीतिक महत्वका कुनै सम्झौतामा आफूले हस्ताक्षर नगर्ने बताएका छन्।

आज बालुवाटारमा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्दै देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्टाएका हुन्।

देउवाले एसपिपीजस्ता सम्झौतामा अरू कुनै देशले चासो राखे वा कसैले दबाब दिए भने पनि आफूले नमान्ने बताएको नेपाल बताउँछन्।

‘अरू देशहरूले पनि यसबारे चासो राख्दाखेरि वा कसैले भने पनि म मान्नेवाला छैन भनेर प्रधानमन्त्रीले क्लियर भन्नुभएको छ,’ नेपालले भने, ‘यस्तो सम्झौता गरिँदैन, हुँदैन भन्नुभएको छ।’

साथै एसपिपीजस्ता सम्झौता अघि बढाउन अमेरिकाले दबाब नदिएको पनि अध्यक्ष नेपालले बताए। ‘अमेरिकाले सम्झौता गरोस् भनेर दबाब परेको पनि छैन,’ नेपालले भने।

अध्यक्ष नेपालले देश हितमा कुनै सम्झौताका प्रस्ताव छ कि छैन भनेर जनताका साथै राजनीतिक दलले पनि चासो राख्नुपर्ने बताए।

उनले एसपिपीबारे भ्रममा नपर्न र कुनै बुझ्नुपर्ने भए सिधै प्रधानमन्त्री देउवासँग कुराकानी गर्न सकिने पार्टीका नेताहरूसँग बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed