पूर्वमन्त्री बास्कोटाको ‘७० करोड ‘घुस बार्गेनिङ’ खुलासा गर्ने मिश्रलाई ७ दिनभित्र उपस्थित हुन अख्तियारको अल्टिमेटम

0
maxresdefault

काठमाडौं । पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्टसंग ७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रलाई अख्तियारले उपस्थित हुन अल्टिमेटम लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गर्दै अख्तियारले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेकोबारे केही बुझ्नुपर्ने भएकाले ७ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड रूपैयाँ कमिसनका लागि मोलमोलाइ गरेको भन्ने समेतको विषयको अनुसन्धानको सिलसिलामा तपाईँसग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ,अख्तियारको सूचनामा भनिएको छ, यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुनबमोजिम भइ जानेछ।

मिश्र उपस्थित नभए कानून बमोजिम भइजाने सूचनामा उल्लेख छ । अख्तियारले पूर्व मन्त्री बास्कोटा संलग्न घुसकाण्डमा छानबिन गरिरहेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनुभएको थियो । सो अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ । मन्त्री बास्कोटाले आफू कमिसनमा संलग्न नभएको दाबी गर्दै आउनुभएको छ । सोही अडियोकै कारण मन्त्री बास्कोटा राजिनामा दिन बाध्य हुनुभएको थियो ।

त्यसअघि गत पुस २१ गते संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताउनुभएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा विज्ञ भएर सार्वजनिक लेखा समितिमा विजयप्रकाश मिश्र उपस्थित हुनुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed