बलिउड गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटीको शीर्ष स्थानमा

0
neha final

काठमाडौं। भारतीय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटीको सूचीको शीर्ष स्थानमा परेकी छिन्। सामाजिक सञ्जालमा सबैभन्दा प्रभावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा परेकी हुन्।

फोर्ब्सले १२ जना भारतीयलाई यो सूचीमा राखेको छ। उक्त सूचीमा अमिताभ बच्चन, शाहरुख खान लगायतका पनि छन्। तर, उनी नेहा भन्दा पछि परेका छन्।

उक्त कुराको जानकारी दिँदै नेहाले सामाजिक सञ्ञ्जालमा लेखेकी छिन्, ‘म निकै गर्वान्वित छु। तपाईंहरूलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु। धन्यवाद भगवान् ! तपाईंहरू सबैलाई पनि धन्यवाद।’

इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहाले हालै गायक रोहनप्रति सिंहसँग विवाह गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed