रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

0
Rastriya-Swatantra-Party-1024x683

काठमाडौं । टेलिभिजन कार्यक्रम सिधा कुरा छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।

पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए।

‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ लामिछानेले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed