रास्वपा सभापति रवि कोर टिमबारे मौन,सांसद ढाकालाइ मात्र कारबाहीको तयारी

0
rabi vs dhaka

विनोद थापा ,काठमाडौं । मन्त्री बन्न साढे दुई करोड पैसा मागेको घटनामा मुछिएका ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ।

नेताहरू चुनावी प्रचारमा विभिन्न जिल्लामा छरिएकाले डिजिटल बैठकबाटै यस विषयमा निर्णय गर्न लागिएको हो।

केन्द्रीय समिति बैठकले तत्काल पार्टी सभापतिको कोर टिमबारे कुनै निर्णय नगरी केवल सांसद श्रेष्ठबारे मात्र निर्णय गर्ने तयारी गरेपछि श्रेष्ठले आफूमाथि मात्र कारबाही गरिए कोर टिमबारे आफैंले खुलासा गर्ने चेतावनी दिएका थिए।

केन्द्रीय अनुशासन समितिको प्रतिवेदन श्रेष्ठले पार्टीका लागि भन्दै मन्त्री बन्ने भएँ भनेर पैसा मागेको भन्दा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेकोमा मात्र कारबाहीमा केन्द्रित भएको छ।

श्रेष्ठले समेत केही मिडियामा सो स्वर आफ्नो नभएको, पार्टीमा आफू स्वास्थ्यमन्त्री बन्ने बारे कुरै नभएकाले संवाद नक्कली भएको दाबी गरेका थिए।

संवाद सार्वजनिक भएपछि तनहुँको कार्यक्रममा ढाकासँगै आफ्नो कोर टिम भनिएका बारे समेत छानबिन गरेर कारबाही गर्ने दाबी उनले गरेका थिए।

तर बयानमा ढाकाले कोर टिम भनेको को हो भन्ने खुलाएका छैनन्। उनले पार्टी नेतृत्वलाई आफूमाथि कारबाही भए कोर टिम बारे सार्वजनिक गरिदिने चेतावनी दिएर जोगिने प्रयास गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed